stcnepal long ad
ime life insurance
national life
global ime bank long

आइएमई जनरल इन्सुरेन्सको एजीएम शनिबार

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad
आर्थिक सञ्जाल शुक्रबार, २३ फागुन २०७६
काठमाडौं । २२ औं वार्षिक साधारण सभा शनिबार (फागुन २४ गते) बस्ने भएको छ । सभा, लैनचौर ब्यांकेट्स लैनचौरमा बिहान १० बजेबाट सुरु हुनेछ । कम्पनीले ६.३१% लाभांश वितरण प्रस्ताव पेश गर्नेछ । आर्थिक वर्ष २०७५–७६ को नाफाबाट ६% बोनस सेयर र कर प्रयोजनार्थ ०.३१% नगद लाभांश वितरण गर्न लागेको हो ।
संस्थापक र सर्वसाधारण समूहको सेयर हिस्सा परिमार्जन गर्ने प्रस्ताव पनि छ । हाल ८०% सस्ंथापक समूह र २०% सर्वसाधारण समूहको सेयर हिस्सा रहेको छ । अब यसलाई परिमार्जन गरेर ६०% सस्ंथापक समूह र ४०% सर्वसाधारण समूहको बनाइनेछ । यो प्रस्ताव पनि सभामा पेश हुनेछ । प्रबन्धपत्र र नियमावली संशोधन गरिनेछ ।

आर्थिक वर्ष २०७५/७६ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि पनि छलफल हुनेछ । आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ । सभा प्रयोजनका लागि कम्पनीले फागुन १२ देखि २४ गतेसम्म बुक क्लोज गरेको छ ।

फागुन ११ गतेसम्म कायम सेयरधनीले लाभांश सुरक्षित गर्न सक्नेछन् । हाल आइएमई जनरलको चुक्ता पुँजी १ अर्ब २ करोड ६ लाख रुपैयाँ रहेको छ । बोनस वितरणपछि पुँजी १ अर्ब ८ करोड १८ लाख ३६ हजार रुपैयाँ पुग्नेछ ।

IME Lifesidebar
kumari