लुम्बिनी जनरल इन्स्योरेन्सको खुद नाफा १४.३७ प्रतिशत बढ्यो
काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सको खुद नाफामा सुधार आएको छ । गत वर्षको तुलनामा १४.३७ प्रतिशत ले खुद नाफा बढेर चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १३ करोड ७७ लाख रुपैयाँ पुगेको छ ।
लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले गत वर्ष भने १२ करोड ४ लाख रुपैयाँ नाफा गरेको थियो । लुम्बिनी जनरलको रिजर्भ कोष ४.७७ प्रतिशत ले वृद्धि भएको छ ।
यस्तै, बिमा कोषमा पनि १८.९२ प्रतिशतले सुधार हुँदै ७१ करोड ६५ लाख रुपैयाँ जम्मा भएको छ । खुद बिमा शुल्क २२.१३ प्रतिशत ले बढेर ५२ करोड ७१ लाख रुपैयाँ पुगेको छ ।
लुम्बिनी जनरलको प्रति सेयर आम्दानी १६ रुपैयाँ ८ पैसा र प्रतिसेयर नेटवर्थ १९५ रुपैयाँ १४ पैसा छ । गत वर्षको तुलनामा प्रतिसेयर आम्दानी र नेटवर्थ दुवै वृद्धि भएका छन् ।