stcnepal long ad
global ime bank long

सानिमा लाइफद्धारा ट्राफिक प्रहरीलाई माक्स तथा सेनिटाइजर हस्तान्तरण

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ काठमाडौंलाई माक्स तथा सेनिटाइजर हस्तान्तरण गरेको छ ।

हाल देशभर फैलिरहेको कोभिड –१९ को अवस्थालाई मध्यनजर गरि अहोरात्र जनसेवामा खटिरहेका नेपाल प्रहरिका ट्राफिक प्रहरीको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दे कम्पनीले महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ काठमाडौंलाई ५ हजार थान माक्स, १० लिटर सेनिटाइजर प्रदान गरेको हो ।

कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत महानगरीय ट्राफिक प्रहरी महाशाखा उक्त परिमाणमा स्वास्थ्य सामाग्री उपलब्ध गराएको हो ।

यसबाट नागरिक सेवामा सर्मिर्पत राष्ट्रसेवक प्रहरी कर्मचारीहरुको व्यक्तिगत स्वास्थ्य सुरक्षामा सहयोग हुने विश्वास कम्पनीले लिएको छ।

IME Lifesidebar
kumari