stcnepal long ad
global ime bank long

सेन्चुरी कमर्सियल बैंकको खुद नाफा ६०.८९% ले घटे

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा सेन्चुरी कमर्सियल बैंकको खुद नाफा घटेको छ । यसअवधिमा खुद नाफा ६०.८९% ले घटेर ४६ करोड ६५ लाख ९९ हजार रुपैयाँमा सीमित भएको छ ।

अघिल्लो वर्ष यसैअवधिमा बैंकले ९१ करोड ५७ लाख रुपैयाँ नाफा कमाएको थियो । बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेकाले नाफा प्रभावित भएको हो ।

चैत मसान्तसम्म आइपुग्दा खुद ब्याज आम्दानी १४.८२% ले घटेर १ अर्ब ९१ करोड रुपैयाँमा आएको छ । त्यस्तै, सञ्चालन नाफा ६२.७४% ले घटेर ४७ करोड २९ लाख रुपैयाँमा सीमित भएको छ । बैंकको प्रतिसेयर आम्दानी ९ रुपैयाँ २२ पैसाले घटेर ५ रुपैयाँ २९ पैसामा आएको छ । प्रतिसेयर नेटवर्थ १७१ रुपैयाँ ८१ पैसा छ ।

IME Lifesidebar
kumari