केही महिना पहिले मात्रै आइपीओ जारी गरेको ज्योति लाइफ इन्स्योरेन्सले वित्तीय विवरण सार्वजनिक
काठमाडौं । केही महिना पहिले मात्रै आइपीओ जारी गरेको ज्योति लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तीय विवरणअनुसार यसको खुद नाफा ४.८८५ ले बढेर १२ करोड ७ लाख ७१ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष इन्स्योरेन्सले ११ करोड ५१ लाख ४२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
जीवन बिमा कोषको आकार १४८.९५५ ले बढेर ३ अर्ब ४९ करोड ६७ लाख ९१ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसै अवधिमा जीवन बिमा कोषमा १ अर्ब ४० करोड ४५ लाख ८९ हजार रुपैयाँ थियो ।
साथै, कम्पनीको खुद बिमा शुल्क पनि १००।९६५ ले बढेर २ अर्ब २१ करोड ९ लाख ७७ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष १ अर्ब १० करोड १ लाख ७४ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो ।
चैत मसान्तसम्ममा इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब २० करोड रुपैयाँ र जगेडा कोषमा ६० करोड ४ लाख ८७ हजार रुपैयाँ छ । प्रतिसेयर आम्दानी वार्षिक ७ रुपैयाँ ३२ पैसा र प्रतिसेयर नेटवर्थ १३० रुपैयाँ ३३ पैसा छ । तेस्रो त्रैमाससम्म आइपुग्दा ज्योति लाइफले कुल १० करोड ११ लाख ५२ हजार रुपैयाँ भुक्तानी गरेको छ ।























