stcnepal long ad
global ime bank long

एशियन लाईफ इन्स्योरेन्सद्वारा जुम्लाकी भण्डारी परिवारलाई तीन लाख ३१ हजार दावी भुक्तानी

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल आइतबार, १८ फागुन २०७६

काठमाडौं । जीवन बीमा आफू मात्रै नभई आफ्नो मृत्युपछि आश्रित परिवारलाई समेत ठूलो राहत दिने बचत हो । जुम्ला कनकासुन्दरी–८ की धनलक्ष्मी भण्डारीले मृत्युपछि एशियन लाईफ इन्स्योरेन्स कम्पनीले सानो बच्चालाई एक हजार रुपैयाँ भत्ता र परिवारलाई तीन लाख ३१ हजार ८०० रुपैयाँ बीमा दावी भुक्तानी गरेको छ ।

एशियन लाईफ इन्स्योरेन्स क.लि जुम्ला शाखामार्फत जीवन बीमा गरेकी भएको जुम्ला जिल्ला कनकासुन्दरी गाउँपालिका वडा नं.८, निवासी धनलक्ष्मी भण्डारीको गत पुस ८ गते कालगतीले निधन भएकोमा हकवाला तथा श्रीमान् सर्जन भण्डारीलाई कनकासुन्दरी गाउँपालिका वडा नं.८ को वडा कार्यलयमा एक कार्यक्रमको आयोजना गरी मृत्युदाबी रकम तीन लाख ३१ हजार ८०० रुपैयाँ र नाबालक छोरा तपेन्द्र भण्डारीलाई १४ बर्षसम्म मासिक एक हजारका दरले शिक्षा खर्चबापतको रकम हस्तान्तरण गरेकोछ ।

कनकासुन्दरी गाउँपालिकाको उप–प्रमुख उर्मिला खत्री र कनकासुन्दरी गाउँपालिका वडा नंं.८ को वडा अध्यक्ष रत्नलाल उपाध्ययको हातबाट सयुक्त रुपमा चेक हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ । भण्डारीले २०७५ साउन ८ गते धनलक्ष्मी भण्डारीले आफ्नो तीन लाख रुपैयाँको र आफु प्रस्तावक बसी छोरा तपेन्द्र भण्डारीको एक लाख रुपैयाँको बीमा गरेकी थिईन् । कम्पनीेले मृत्यु भएको ६९ दिनपछि दावी भुक्तानी गरेको हो ।

IME Lifesidebar
kumari