stcnepal long ad
global ime bank long

कोरोनाको त्रासले ‘दोस्रो टोखा नगर महोत्सव’ स्थगित

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल आइतबार, १८ फागुन २०७६

काठमाडौँ । टोखा नगरपालिकाले यही फागुन २३ देखि २५ गतेसम्म आयोजना गर्न लागेको ‘दोस्रो टोखा नगर महोत्सव–२०७६’ स्थगित भएको जनाएको छ । नगर प्रमुख प्रकाश अधिकारीले कोरोना भाइरस जोखिमका कारण महोत्सव स्थगित गरिएको जानकारी दिए ।

“विश्व स्वास्थ्य सङ्गठनले जारी गरेको सूचना अनुसार भारत लगायत नेपालमा पनि उच्च जोखिम रहेकाले हालका लागि महोत्सव स्थगित गरेका हौँ”, उनले भने । नगरपालिकाले महोत्सवको तयारीका लागि विभिन्न समिति तथा उपसमिति निर्माण गरेर प्रचार–प्रसारलाई तीव्र बनाएको थियो ।

नेपाल भ्रमण वर्षको अवसरमा आन्तरिक तथा बाह्य पर्यटकलाई टोखा चिनाउनका लागि नेवाः गुठी टोखाको व्यवस्थापनमा महोत्सव हुन लागेको थियो । महोत्सव सम्पन्न गर्नका लागि चालू आर्थिक वर्षमा रु २५ लाख विनियोजन गरेको छ ।

IME Lifesidebar
kumari