stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

कोरोनाले महासंघ र चेम्बरका अन्तर्राष्ट्रिय मेला रोकिए

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल आइतबार, १८ फागुन २०७६

काठमाडौं । छिमेकी मुलुक चीन लगायत अन्य देशहरूमा फैलिएको नोबल कोरोना भाइरसको कारण नेपालमा सञ्चालनको मिति तय भएका ठूला व्यापारिक प्रर्दशनी रोकिएका छन् । निजी क्षेत्रका छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल चेम्बर अफ कमर्शले छुट्टाछुट्टै रुपमा गर्न लागेका मेला कोरोना भाइरसका कारण स्थगित भएका हुन् । चेम्बरले फागुनमा र महासंघले चैतमा यस्तो मेला आयोजना गर्ने कार्यतालिका थियो ।
चेम्बर अफ कमर्शले यसै सातादेखि भृकुटीमण्डपको प्रदर्शनी मार्गमा गर्ने भनेको पाँचौं नेपाल चेम्बर एक्स्पो तत्कालका लागि स्थगित गरेको छ । अन्तर्राष्ट्रिय मुलुकबाट प्रविधि तथा लगानी भिœयाउँदै मुलुकको आर्थिक विकासमा टेवा पुग्ने विश्वासका साथ मेला आयोजना गरिएको थियो । चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले अन्तर्राष्टिय व्यापार मेलामा विदेशीहरू आउन सहज नभएपछि मेला स्थगित गरिएको बताए । मेलामा चीन, बैंकक, भारत लगायत झण्डै आधा दर्जन युरोपेली मुलुकका व्यवसायी मेलामा सहभागी गराउने तयारी भएको थियो । “अन्य मुलुकबाट पनि प्रदर्शनकर्ता धेरै आउन इच्छुक थिए तर कोरोना भाइरसको प्रभावका कारण अहिले केही समयका लागि रोकिएको हो, केही समयपछि मेला सञ्चालन हुन्छ,” अध्यक्ष श्रेष्ठले भने ।

आगामी चैतको दोस्रो सातादेखि अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना गर्न मिति घोषणा गरिसेकेको नेपाल उद्योग बाणिज्य महासंघले पनि केही समयका लागि मेला नगर्ने भएको छ । स्वदेशी उद्योग व्यवसायको प्रवद्र्धन, नेपाली उत्पादन तथा सेवाहरूको राष्ट्रिय अन्तराष्ट्रिय बजार विस्तार गर्ने, वाह्य लगानी तथा प्रविधि आकर्षण गर्ने, स्वदेशी एवं विदेशी लगानीकर्ताहरूबीच व्यावसायिक सम्बन्ध र सहकार्यको वातावरण बनाउने मेलाको उद्देश्य थियो । सरकारले नेपाल व्यापार रणनीतिअन्तर्गत पहिचान गरेका वस्तुहरूको प्रवद्र्धन गर्ने मुख्य हेतुले महासंघले हरेक वर्ष नेपाल अन्तराष्ट्रिय व्यापार मेला आयोजना गर्दै आएको छ । यस वर्ष हुने मेला कारोना भाइरसका कारण प्रभावित भएको छ ।
महासंघका अध्यक्ष भवानी राणाले कोरोनाकै भाइरसकै कारण मेला केही समयका लागि रोक्नुपरेको जानकारी दिइन् । “चीनबाट मात्रै ७०÷८० वटा स्टल आउने कुरा थियो त्यसैगरी बंगलादेश र भारतका पनि धेरै स्टल बुक थिए,” उनी भन्छिन्, “कोरोना भाइरसका कारण अहिले विदेशीहरूले कन्फरमेसन पठाएका छैनन् भने कपिपयले यो समयमा आउन नसक्ने बताएका छन् ।” अन्तर्राष्ट्रिय व्यापार मेलामा विदेशीहरू आउन सकेनन् भने मेलाको लक्ष्य पूरा गर्न नसकिने र कारोना प्रभाव कम हुनासाथ मेला सञ्चालन हुने उनले बताइन् ।
नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलाको मुख्य आकर्षणमा हस्तकलाका उत्पादनहरू, एनटीआइएस प्रोडक्टहरू हुन् । यस्ता सामग्रीहरू विदेशीका लागि निकै आर्कषक बन्ने गरेका छन् । मेलामा हस्तकला, पर्यटन, सूचना प्रविधि एवं व्यवसायिक सूचना, कृषि उत्पादन, उर्जा, भवन तथा निर्माण सम्बन्धी, शिक्षा, आदिका छुट्टाछुट्टै राखिन्छ । सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई समेत सफल बनाउन मेलामा नेपालका पर्यटन गन्तव्य स्थलको प्रचार प्रसार गर्ने मेलाको लक्ष्य थियो ।

आजको कारोवारबाट

prabhu mahalaxmi
kumari bank
kumari
nawakantipur long