stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले २३औं वार्षिक साधारण सभा आगामी बैशाख १२ गते

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आगामी बैशाख १२ गते आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले २३औं वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीको चैत २० गते बसेको सञ्चालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो । कम्पनीले सभा आफ्नै केन्द्रिय कार्यालय, नक्साल, काठमाडौंमा बिहान १० बजे गर्ने जनाएको छ ।

सभामा शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने प्रस्ताव रहेको छ ।

साथै, प्रस्तासवत बोनश शेयर वितरण पछि कायम चुक्ता पूँजीको ४० प्रतिशत (१०ः४) का दरले हकप्रद शेयर जारी गर्ने प्रस्ताव पनि पेश हुनेछ । साथै सोही अनुसार कम्पनीको प्रबन्धपत्र तथा नियमावली आवश्यक संशोधन गर्ने एजेण्डा रहेको छ ।

त्यस्तै, सभामा संचालक समितिको तर्फबाट अध्यक्षद्धारा पेश हुने कम्पनीको आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारिर हुनेछ । आर्थिक वर्ष २०७७/०७८ को लेखापरिक्षण गर्नका लागि लेखापरिक्षण समितिको सिफारिस बमोजिम लेखापरिक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने लगायतका एजेण्डा छन् ।

त्यसैगरी सभामा कम्पनीको जारी प्रँजीको अनुपात संस्थापक शेयरधनी समुहतर्फ ६० प्रतिशत र सर्वसाधारण शेयरधनीतर्फ ४० प्रतिशत रहेकोमा अब संस्थापक समूहतर्फ ५१ प्रतिशत र सर्वसाधारण समूहतर्फ ४९ प्रतिशत कायम गर्ने गरी प्रवन्धपत्र संशोधन गर्ने रहेको प्रस्ताव रहेको छ । साथै, सभामा स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने लगायतका प्रस्ताव पेश हुने ।

कम्पनीले साधारण सभा र लाभांश प्रयोजनका लागि बैैशाख २ गतेदेखि बैशाख १२ गतेसम्म बुक क्लोज गर्ने भएको छ । त्यसैले बैशाख १ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

prabhu mahalaxmi
kumari