citizens life insurance long ad
stcnepal long ad

प्रधानमन्त्री ओलीले एकैपटक १६५ वटा सडक निर्माणको शुभारम्भ गर्ने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज एकै पटक १ सय ६५ वटा सडक निर्माणको शुभारम्भ हुँदैछ । प्रधानमन्त्री ओलीले आज बालुवाटारबाट स्वीच थिचेर निर्वाचन क्षेत्र रणनीतिक सडक विकास कार्यक्रमको शुभारम्भ गर्न लाग्नुभएको हो ।

हरेक निर्वाचन क्षेत्रमा एकरएक वटा सडक निर्माण गर्नेगरी कार्यक्रमको शुभारम्भ हुन लागेको सडक विभागले जनाएको छ ।

यो वर्ष सरकारले हरेक निर्वाचन क्षेत्रमा एउटा सडक बनाउने कार्यक्रमका लागि ३ अर्ब २० करोड रुपैयाँ बजेट छुट्याएको छ ।नयाँ बन्ने सडकहरुको अध्ययन प्रतिवेदन भने तयार भइनसकेको विभागले जनाएको छ ।

IME Life
kumari