महालक्ष्मी लाइफ र टेस्ला डाइग्नोष्टिकबीच सम्झौता

आर्थिक सञ्जाल । बुधबार, ७ फागुन २०७६
काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेड र बालुवाटारको टेस्ला डाइग्नोष्टिक क्लिनिक प्रा.लि.बीच इन्स्योरेन्सका ग्राहकलाई क्लिनिकको सेवामा छुट दिने सम्वन्धमा एक सम्झौता सम्पन्न भएको छ । सो सम्झौतापत्रमा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत कमल पन्थी र टेस्ला डाइग्नोष्टिककी प्रमुख कार्यकारी अधिकृत रिंकु श्रेष्ठले हस्ताक्षर गरेका थिए । सम्झौता सो अनुरुप ल्याब तथा डाइग्नोष्टिक सेवामा बीमितले १० प्रतिशत र कर्मचारीले १२ प्रतिशत तथा फार्मेसीमा ५ देखि १२ प्रतिशतसम्म छुट पाउने छन् । यस सम्झौताबाट इन्स्योरेन्सका बीमित तथा कर्मचारीले सुलभ दरमा गुणस्तरीय ल्याब तथा डाइग्नोष्टिक सेवा प्राप्त गर्ने विश्वास लिइएको छ ।
७ फागुन २०७६, बुधवार १४:४३ बजे प्रकाशित