stcnepal long ad
ime life insurance
national life
global ime bank long

ओरियण्टल इन्स्योरेन्स कमायो २९ करोडभन्दा बढी नाफा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल – ६ फाल्गुन २०७६, मंगलबार

काठमाडौं । ओरियण्टल इन्स्योरेन्सले चालू आवको ६ महिनामा रू. २९ करोड ७८ हजार खुद नाफा गरेको छ । गत वर्षभन्दा यस वर्ष कम्पनीले २४१ प्रतिशत बढी नाफा गरेको हो । गत वर्ष यसै अवधिमा कम्पनीले रू. ८ करोड ५० लाख ५१ हजार खुद नाफा गरेको थियो ।
यस वर्ष कम्पनीको आम्दानी १३८ दशमलव ७३ प्रतिशत बढेको छ । गत वर्ष रू. १३ करोड ५९ लाख ५८ हजार आम्दानी गरेको यस कम्पनीले यो वर्ष रू. ३२ करोड ४५ लाख ६८ हजार आम्दानी गरेको हो ।
जगेडा कोष भने यस वर्ष रू. १५ करोड ४१ लाख ऋणात्मक रहेको छ । गत वर्ष यस अवधिमा कम्पनीको जगेडा कोषमा रू. ३ करोड २० लाखभन्दा बढी रकम रहेको थियो ।
गत वर्षभन्दा यस वर्ष कम्पनीले ३० प्रतिशत बढी बीमाशुल्क आर्जन गरेको छ । गत वर्ष रू. ४५ करोड ३९ लाख ४७ हजार बीमाशुल्क आर्जन गरेको कम्पनीले यस वर्ष रू. ५८ करोड ९६ लाख ८५ हजार बीमा शुल्क आर्जन गरेको हो ।यस वर्षको ६ महिनामा कम्पनीले ११ हजार १०९ बीमालेख जारी गरेको छ । गत वर्ष यस अवधिमा कम्पनीले ९ हजार ९४० बीमालेख जारी गरेको थियो ।

IME Lifesidebar
kumari