stcnepal long ad
ime life insurance
national life
global ime bank long

राष्ट्रिय बिमा कम्पनीले सार्वजनिक गर्यो ८६.६८५ नाफा बढेको रिपोर्ट

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

 

 

काठमाडौं । राष्ट्रिय बिमा कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा ३१ करोड ४४ लाख ७५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । नाफा गत वर्ष भन्दा ८६.६८५ ले बढी हो । गत वर्ष यसैअवधिमा यस कम्पनीले १६ करोड ८४ लाख ५१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यसको बिमा कोष ३४.४०५ ले बढेर १ अर्ब ९३ करोड ७ लाख ३३ हजार रुपैयाँ पुगेको छ ।

गत वर्ष बिमा कोषमा १ अर्ब ४३ करोड रुपैयाँ थियो । खुद बिमा शुल्क आर्जन भने २५ करोड ६७ लाख रुपैयाँबाट घटेर १४ करोड ४८ लाख रुपैयाँमा सीमित भएको छ । चुक्ता पुँजी २६ करोड ६६ लाख ३९ हजार रुपैयाँ रहेको यस कम्पनीको रिजर्भ कोषमा २ अर्ब ६४ करोड रुपैयाँ छ । पुस मसान्तसम्म आइपुग्दा यसको प्रतिसेयर आम्दानी २३५ रुपैयाँ ८८ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ १ हजार ९३ रुपैयाँ ५० पैसा छ ।

 

IME Lifesidebar
kumari