stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

गुराँस लाइफ इन्स्योरेन्सको लाभांश परिमार्जन

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक बर्ष २०७४/७५ को मुनाफाबाट घोषणा गरेको लाभांश परिमार्जन गरेको छ ।

बीमा समितिले कम्पनीको परिमार्जित वित्तीय विवरण पेश गर्न निर्देशन दिएसँगै लाभांश परिमार्जन भएको सूचनामा उल्लेख छ ।

कम्पनीले परिमार्जित वित्तीय विवरण अनुसार बीमा समितिको स्वीकृतिपश्चात् आर्थिक बर्ष २०७४/७५ को मुनाफाबाट १० दशमलव ५० प्रतिशत बोनस शेयर र सो मा लाग्ने कर वापतको ५१ लाख ८६ हजार ५ सय ५८ रुपैयाँ (कर प्रयोजनका लागि मात्र) नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

कम्पनीको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको छ । उक्त लाभांश कम्पनीको १५८ औँ वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीहरूले पाउने छन् ।

यसअघि कम्पनीले १३ दशमलव १०१५ प्रतिशतले हुन आउने १२ करोड २९ लाख रुपैयाँ बराबरको (लाभांश) बोनस शेयर शेयरधनीहरुलार्य वितरण गर्ने र सो बोनस शेयरमा लाग्ने कर सम्बन्धित शेयरधनीहरुलाई बुझाउनु पर्ने घोषणा गरेको थियो ।

prabhu mahalaxmi
kumari