stcnepal long ad
ime life insurance
national life
global ime bank long

प्रभु इन्स्योरेन्सको नगद लाभांश शेयरधनीको बैंक खातामा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

 

काठमाडौं २८ माघ । प्रभु इन्स्योरेन्स लिमिटेडले ११ दशमलव ३२ प्रतिशत नगद लाभांश (कर समेत) शेयरधनीहरुको बैंक खातामा जम्मा गरेको छ । कम्पनीले हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीहरुको बैंक खातामा उक्त लाभांश जम्मा गरेको छ ।
इन्स्योरेन्सको माघ २४ गते सम्पन्न २४औं वार्षिक साधारण सभाले उक्त नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । कम्पनीले माघ ९ गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीहरुको बैंक खातामा सो लाभांश गरेको छ र सो मिति पछि बैंक खाता अद्यावद्यिक गराएका शेयरधनीको हकमा पनि नगद लाभांश बैंक खातामा नै जम्मा गरिदिने इन्स्योरेन्सले उल्लेख गरेको छ ।
हालसम्म पनि शेयर प्रमाणपत्र अभौतिकीकरण नगराएका शेयरधनीले शेयर अभौतिकीकरण गराई हितग्राही खातामा बैंक खाता सहितको विवरण अद्यावधिक गराएपछि नगद लाभांश जम्मा गर्नेछ ।

साथै, कम्पनीको शेयर माघ ९ गतेसम्म धितो बन्धक राखी कर्जा लिएका शेयरधनीहरुले नगद लाभांश सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट नो अबजेक्सन लेटर प्राप्त भएपछि मात्र जम्मा हुने भएको छ । सो मिति पश्चात कर्जा चुक्ता गरेका शेयरधनीहरुको हकमा भने सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट फुकुवा पत्र पेश गरेपछि मात्र उक्त लाभांश खातामा जम्मा हुने कम्पनीको सूचनामा उल्लेख छ । कम्पनीको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

IME Lifesidebar
kumari