stcnepal long ad
ime life insurance
national life
global ime bank long

प्रुडेन्सियल इन्स्योरेन्सले साढे ३८ करोडको हकप्रद शेयर निष्कासन गर्ने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

 

काठमाडौं २८ माघ । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद शेयर आगामी फागुन १८ गतेदेखि विक्रीमा आउने भएको छ । नेपाल धितोपत्र बोर्डबाट गत भदौ २९ गते स्वीकृति पाएसँगै कम्पनीले ३८ लाख ४९ हजार १२० कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको छ ।
कम्पनीले माघ २७ गतेसम्मका कायम शेयरधनीका लागि १० बराबर ६ (१०ः६) को अनुपातमा हकप्रद विक्री गर्न लागेको हो । कम्पनीको हकप्रदमा चैत २३ गतेसम्म आवेदन दिन सकिन्छ ।
कम्पनीको हकप्रदलाई इक्रा नेपालले औषत भन्दा तल आधार जनाउने ‘इक्राएनपी आईपीओ ग्रेड फो प्लस’ रेटिङ प्रदान गरेको छ ।
कम्पनीको हकप्रदमा एनएमबि क्यापिटल, एनएमबि बैंकका शाखा कार्यालयहरु, गुडविल फाइनान्सका शाखा कार्यालयहरु, सेन्ट्रल फाइनान्सका शाखा कार्यालयहरु, तथा आस्बा सदस्य सेवा लिएका सम्पूर्ण बैंक तथा वित्तिय संस्थाबाट पनि अनलाइन आवेदन दिन सकिन्छ । कम्पनीको विक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।
कम्पनीको हाल चुक्तापूँजी रू. रू. ६४ करोड १५ लाख २० हजार रहेको छ । हकप्रद बाँडफाँट पछि उक्त पूँजी रू. १ अर्ब २ करोड ६४ लाख ३२ हजार पुग्नेछ ।

IME Lifesidebar
kumari