stcnepal long ad
ime life insurance
national life
global ime bank long

विद्युतीय माध्यमबाट भुक्तानी गर्दा करको १० प्रतिशत उपभोक्ताकै खातामा फिर्ता हुने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

 

काठमाडौँ माघ २८ । उपभोक्ताले मूल्य अभिबृद्धि कर (भ्याट) लाग्ने वस्तु वा सेवा खरिद गर्दा त्यस्तो खरिदको मूल्य विद्युतीय उपकरणका माध्यमबाट भुक्तानी गरेमा करको दश प्रतिशत रकम बैंक खातामा फिर्ता गर्ने प्रणालीको शुभारम्भ भएको छ । आन्तरिक राजश्व विभागले उक्त व्यवस्था कार्यान्वयन गर्ने निर्माण गरेको प्रणालीको मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले शुभारम्भ गरेका हुन् । उक्त प्रणालीमा सेवा उपलब्ध गराउन इच्छुक भई सूचीकृत भएका नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडको विद्युतीय भुक्तानी कार्ड प्रयोग गरी भाटभटेनी सुपरमार्कट एण्ड डिपार्टमेण्टल प्रा.लि.को त्रिपुरेश्वर शाखा तथा केएफसी न्यूरोड शाखाबाट कर लाग्ने वस्तु वा सेवा खरिद गर्ने उपभोक्ताहरुमा शुरु गरिएको छ । विद्युतीय भुक्तानी सम्बन्धी उपकरणका माध्यमबाट भुक्तानी गर्ने उपभोक्ताको खाताबाट बिक्रेताको बैंंक खातामा र बिक्रेताको खाताबाट पुनः उपभोक्ताको बैंक खातामा रकम जम्मा हुने विभागले जनाएको छ । यो प्रणालीका मुख्य सरोकारवाला पक्ष विद्युतीय बीजक जारी गर्ने मूल्य अभिबृद्धि करमा दर्ता भएका बिक्रेता, भुक्तानी प्रणाली सञ्चालक, भुक्तानी सेवा प्रदायक संस्थाहरुको सक्रिय सहयोग प्राप्त विभागले विश्वास लिएको जनाएको छ । उक्त सेवा उपलब्ध गराउन इच्छुक भई सूचीकृत भएका फोन पे, ईसेवा, खल्ती सेल पे, कनेक्ट आईपीएस जस्ता भुक्तानी प्रणाली सञ्चालक तथा भुक्तानी सेवा प्रदायक संस्थासंग आवद्ध बिक्रेता तथा उपभोक्ताहरुमा पनि लागू गरिएको छ । यस्तो प्रणालीगत सुधार गरेका बिक्रेताहरुबाट एक पटकमा रु १ हजारदेखि रु १ लाख सम्मको मूल्य अभिबृद्धि कर लाग्ने वस्तु वा सेवाको खरिद गरी विद्युतीय माध्यमबाट भुक्तानी गर्ने उपभोक्ताहरुले यो सुविधा उपभोग गर्न सक्नेछन् । यो व्यवस्थाले वस्तु वा सेवा खरिद बिक्री गर्दा बिल बीजक लिने दिने बानीमा थप सुधार हुने विभागले जनाएको छ ।
साथै मंगलबारदेखि नै करदाताहरुको बायोमेट्रिक सूचना दर्ता गर्ने कार्यको समेत शुभारम्भ गरिएको छ । जसमा प्राकृतिक व्यक्तिलाई स्थायी लेखा नम्बर जारी गर्दा, एकल स्वामित्वको फर्मलाई मूल्य अभिबृद्धि करमा दर्ता गर्दा व्यक्तिको बायोमेट्रिक सूचनाहरु लिई अभिलेखको रुपमा राखिने विभागले जनाएको छ । कुनै साझेदारी फर्म वा कम्पनीलाई मूल्य अभिबृद्धि करमा दर्ता गर्दा सो निकायको व्यवसायिक सूचनाका अतिरिक्त सो निकायको प्रमुख कार्यकारी व्यक्तिको बायोमेट्रिक सूचनाहरु लिई बायोमेट्रिक दर्ता प्रणालीमा अभिलेख रहने प्रणालीको विकास गरिएको छ । यो प्रणाली हाल आन्तरिक राजस्व कार्यालय टंगाल र नयाँ सडकबाट प्रारम्भ गरिएको र क्रमशः अन्य आन्तरिक राजस्व कार्यालय तथा करदाता सेवा कार्यालयहरुमा विस्तार गरिने आन्तरिक राजश्व विभागले जनाइएको छ । यो प्रणालीले करदाता दर्ता प्रणालीमा सुधार गरी गुणस्तरीयता कायम गर्ने र हाल मूल्य अभिबृद्धि करमा दर्ता रहेका करदाताहरुको विवरण नयाँ दर्ता प्रणालीमा अद्यावधिक हुने विभागद्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख गरिएको छ ।

IME Lifesidebar
kumari