stcnepal long ad
ime life insurance
national life
global ime bank long

प्रभु लाइफद्धारा नयाँ बोनस दर सार्वजनिक

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले नयाँ बोनस दर सार्वजनिक गरेको छ । कम्पनीले २०७६ साल असार मसान्तसम्ममा जारी भएका मुनाफामा सरिक हुने बीमालेखहरुको आ.व. २०७५/०७६ को बोनस दर निर्धारण गरेको हो ।

कम्पनीले बीमालेखमा प्रति हजार न्यूनतम ३० रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्मको बोनस दर घोषणा गरेको छ । उक्त बोनस दर यही भदौं १२ गते बीमा समितिबाट स्वीकृत भएको प्रभु लाईफले जनाएको छ । कम्पनीले हाल कायम गरिएको बोनस दर मृत्यु दाबी, पूर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मूल्य दाबी, चुक्ता मूल्य तथा चालु बीमालेख समेत लागु गर्नुका साथै, अर्को बीमाङ्कीय प्रतिवेदन अनुसार बीमा समितिबाट अर्को व्यवस्था स्वीकृत नभएसम्म सोही अनुसारको बोनस दर कायम गरिने जनाएको छ ।

prabhu mahalaxmi
kumari