stcnepal long ad
ime life insurance
national life
global ime bank long

हिमालयन लाइफ इन्स्योरेन्सको १८ औँ वार्षिकोत्सवको अवसरमा खाद्यान्न तथा फलफुल वितरण

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो स्थापनाको १८ औँ वर्ष पूरा गरी १९ औँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा देशभर विभिन्न सामाजिक कार्यक्रमहरू आयोजना गरिरहेको छ।

यसै सन्दर्भमा, हिमालयन लाइफ इन्स्योरेन्स डडेल्धुरा उप प्रादेशिक कार्यालयको अगुवाइमा अमरगढी नगरपालिकामा अवस्थित प्रसिद्ध धार्मिक तथा शैक्षिक स्थल उग्रतारा वेदविद्याश्रममा आश्रित बटुक तथा विद्यार्थीहरूलाई खाद्यान्न तथा फलफूल वितरण गरिएको हो।

आश्रममा आयोजित कार्यक्रमका बीच विद्यार्थीहरूको दैनिक आवश्यकतालाई मध्यनजर गर्दै चामल, दाल, तेल, नुन जस्ता अत्यावश्यक खाद्यान्न सामग्रीहरूका साथै विभिन्न मौसमी फलफूलहरू हस्तान्तरण गरिएको छ । कम्पनीले व्यवसायिक सफलतासँगै समाजप्रतिको उत्तरदायित्वलाई पनि सँगसँगै लैजानुपर्छ भन्ने उद्देश्यका साथ यो कार्य गरिएको जनाएको छ ।

सुदूरपश्चिम प्रदेश उप(प्रमुख टेकराज आचार्यले मानव जीवनमा बीमाको महत्त्व र आवश्यकता बारे विस्तृत रूपमा प्रकाश पारे । उनले भविष्यको जोखिम न्यूनीकरण र आर्थिक सुरक्षाका लागि बीमा अपरिहार्य रहेको उल्लेख गर्दै हिमालयन लाइफले व्यवसायसँगै सामाजिक क्षेत्रमा पुर्‍याएको योगदानको प्रशंसा गरे ।

उक्त कार्यक्रममा हिमालयन लाइफ इन्स्योरेन्सका डडेल्धुरा शाखा प्रबन्धक, एजेन्सी म्यानेजरहरू, स्थानीय बासी तथा वेदविद्याश्रमका पदाधिकारीहरूको उपस्थिति रहेको थियो । आश्रम व्यवस्थापन समिति र त्यहाँका आचार्यहरूले कम्पनीको यस परोपकारी कार्यको उच्च प्रशंसा गर्दै धन्यवाद ज्ञापन गरेका थिए।

IME Lifesidebar
kumari