stcnepal long ad
ime life insurance
national life
global ime bank long

विश्व वातावरण दिवसको अवसरमा ‘नाडा ग्रीन ड्राइभ २०२६’ सम्पन्न

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । विश्व वातावरण दिवस २०२६ को अवसरमा शुक्रबार नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपालले ‘नाडा ग्रीन ड्राइभ २०२६’ -याली सम्पन्न गरेको छ ।

अक्वेल, दिपल, भोल्ट्स, कामा, एम्पियर, स्काईवर्थ, फ्यचर मोटर्स, नामी, टियागो.ईभी, सुजुकी, टाइम्स बिजनेस–स्काईवर्थ र नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको समर्थनमा बिभिन्न ब्रान्डहरुका विद्युतीय सवारी साधनहरुको सहभागितामा -याली सम्पन्न भएको थियो। नाडाको सचिवालय टेकु देखि त्रिपुरेश्वर – दरबारमार्ग – नक्साल – गौशाला – तीनकुने – नयाँ बानेश्वर – माइतीघर मण्डला – थापाथली – कुपण्डोल हुँदै पुल्चोकस्थित द प्लाजामा सो -यालीको समापन गरिएको थियो।

उक्त -यालीमा सहभागी कुल ९२ जनालाई नाडाका अध्यक्ष सुरेन्द्र कुमार उपे्रती, नाडाका पूर्व अध्यक्षद्वय शम्भुप्रसाद दाहाल र कृष्णप्रसाद दुलालले प्रमाणपत्र वितरण गरेका थिए ।

सो प्रमाणपत्र वितरण कार्यक्रमको सचालन नाडाका महासचिव मिलनबाबु मल्लले गरेका थिए भने -यालीको सम्पूर्ण व्यवस्थापन नाडा केन्द्रीय कार्य समितिका सदस्य तथा वातावरण समितिका सभापति महेश पालले गरेका थिए ।

“नाडा ग्रीन ड्राइभ २०२६” -याली कार्यक्रमलाई सफल बनाउन सहयोग पु-याउने सम्पूर्णलाई नाडाले आभार व्यक्त गरेको छ ।

IME Lifesidebar
kumari