stcnepal long ad
global ime bank long

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको २ लाख ४२ हजार बढी कित्ता शेयर बिक्रीमा राखिएको छ।

कम्पनीको संस्थापक समूहको २ लाख ४२ हजार ६४८ कित्ता शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा हाललाई कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिदका लागि निवेदन दिन सक्नेछन्।

निवेदन काठमाडौंको नक्सालस्थित कम्पनीको केन्द्रीय कार्यालयमा पेस गर्न सकिनेछ। यसका लागि फागुन ६ गतेसम्मको समय दिइएको छ।

तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि निवेदन प्राप्त नभएको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने कम्पनीले जनाएको छ।

IME Lifesidebar
kumari