stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

७८.४२% ले एसियन लाइफ इन्स्योरेन्सको नाफा बढ्यो

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । एसियन लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमासमा १८ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको भन्दा नाफा ७८.४२% धेरै हो । अघिल्लो वर्ष यस कम्पनीले १० करोड १९ लाख रुपैयाँ मात्र खुद नाफा कमाएको थियो ।

खुद बिमा शुल्क पनि ७.६९% ले बढाएर ४ अर्ब ५४ करोड रुपैयाँ पुर्याउन एसियन सफल भएको छ । अघिल्लो वर्ष यसले ४ अर्ब २१ करोड रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो ।

एसियनले जीवन बिमा कोष पनि १७ अर्ब रुपैयाँबाट बढाएर २१ अर्ब ६१ करोड रुपैयाँ पुर्याएको छ । कम्पनीले असारसम्म महाविपत्ति कोषमा ६ करोड १२ लाख रुपैयाँ छुट्याएको छ ।

चुक्ता पुँजी २ अर्ब १ करोड ७ लाख ६० हजार रुपैयाँ रहेको एसियनको रिजर्भ कोषमा ५४ करोड ७० लाख रुपैयाँ छ । यसको प्रतिसेयर आम्दानी ९ रुपैयाँ ०४ पैसा र प्रतिसेयर नेटवर्थ १३० रुपैयाँ २५ पैसा रहेको छ ।

prabhu mahalaxmi
kumari bank
kumari
nawakantipur long