stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

सानिमा जनरल इन्स्योरेन्सको ३० करोडको आईपीओ प्रस्ताव पारित

Nimb long ad
Prabhu Insurance Long Ad
national life

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सको प्रस्तावित ३० करोडको आईपीओ(साधारण सेयर) पारित भएको छ । कम्पनीको दोश्रो वार्षिक साधारण सभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको छ ।
सो साधारण सभाले पारित गरेसँगै कम्पनीले हाल कायम चुक्ता पुँजीको ३० लाख कित्ता सेयर निष्काशन गर्नेछ । कम्पनीको हाल चुक्ता पुँजी ७० करोड रुपैयाँ रहेको छ । उक्त आईपीओ पश्चात कम्पनीको चुक्ता पुँजी १ अर्ब नाघ्ने छ ।
कम्पनीले नियमक निकाय बीमा समितिको निर्देशन बमोजिम १ अर्ब रुपैयाँ चुक्ता पुँजी पुरयाउनु पर्ने व्यवस्था भए अनुसार सो मात्राको सेयर निष्काशन गर्न लागेको हो ।
त्यसैगरि सभाले आगामी आर्थिक वर्ष ०७६/०७७ का लागि कम्पनीको वार्षिक लेखा परीक्षकमा एल.आर. एसोसियट्सका चाटर्ड एकाउण्टेण्ट सुजन काफ्लेलाई नियुक्त गरेको छ ।
सानिमा जनरल इन्स्योरेन्सले २०७५ असार २७ बाट आफ्नो व्यवसायिक बीमा कारोवार शुरु गरेको थियो ।

prabhu mahalaxmi
kumari