stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

मेगा बैंकको सिइओलाई ‘उत्कृष्ट महिला व्यवस्थापक अवार्ड’

Nimb long ad
Prabhu Insurance Long Ad
national life

 

काठमाडौँ, २५ माघ । मेगा बैंक नेपाल लिमिटेडको प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली ‘उत्कृष्ट महिला व्यबस्थापक अवाडर्’बाट सम्मानित हुनु भएको छ । नेपाल व्यवस्थापन संघ (म्यान)ले साधारण सभाको अवसर पारेर सिइओ खुञ्जेलीलाई यो सम्मान प्रदान गरेको हो । शुक्रबार विशेष समारोहका बीच उपराष्ट्रपति नन्दकिशोर पुनले सिइओ खुञ्जेलीलाई अवार्ड प्रदान गर्नुृभयो । ‘क’ वर्गको वाणिज्य बैंकको सिइओ बन्ने खुञ्जेली नेपालको प्रथम महिला बैंकर हुनुहुन्छ ।

उत्कृष्ट महिला व्यबस्थापक अवार्डबाट सम्मानित भएपछि खुसी व्यक्त गर्दै सिइओ खुञ्जेलीले सम्पूर्ण सरोकारवालाहरुलाई धन्यवाद एवं आभार व्यक्त गर्नुभएको छ । यो अवार्डलाई आफूले मेगा बैंक सञ्चालक समिति, संस्थापक, सर्वसाधारण शेयरधनी, ग्राहकवर्गहरु, कर्मचारी एवं समस्त सरोकारवालाहरुको विश्वासको रुपमा लिएको उहाँले बताउनुभयो ।

खुञ्जेली स्थापनाकालदेखि नै मेगा बैंकमा कार्यरत हुनुहुन्छ । ९ वर्षअघि मेगा बैंकमा नायब महाप्रबन्धकबाट सेवा प्रवेश गर्नुभएकी खुञ्जेलीले २०७५ बैशाखबाट प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्नुभएको थियो । उहाँको नेतृत्वमा यो अवधिमा बैंकले उल्लेख्य प्रगति गर्न सफल भएको छ भने यो बर्ष बैंक अफ दि एयर जस्तो प्रतिष्ठित सम्मान समेत प्राप्त गरेको छ । सन् १९९१ मा तत्कालिन ग्रिनलेज बैंक अर्थात अहिलेको स्ट्यान्डर्ड चार्टड बैंकबाट करिअर सुरु गर्नुभएकी खुञ्जेलीसँग २८ वर्षको बैंकिङ करिअरको अनुभव छ ।

prabhu mahalaxmi
kumari