stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

शिखर इन्स्योरेन्सको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीको ८७ हजार ४१२ कित्ता लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत असार १४ गतेदेखि साउन ४ गतेसम्म हकप्रद बिक्री खुला गरी आवेदन माग गरिएकोमा सोही अवधिसम्म देहाय बमोजिम आवेदन नपरेकाले साउन २१ गतेदेखि शेयर लिलामी मार्फत विक्रीमा ल्याएकको थियो ।

कम्पनीले चुक्ता पूँजीको ३० प्रतिशत अर्थात १० बराबर ३ कित्ता अनुपातमा एक सय रुपैयाँ अंकित दरले ३१ करोड ७१ लाख ९३ हजार २०० रुपैयाँ बराबरको ३१ लाख ७१ हजार ९३२ कित्ता हकप्रद जारी गरेकोमा ८७ हजार ४१२ कित्ता बिक्री हुन सकेन् । सोही विक्री नभउको शेयर लिलामी गर्न लागेको जनाएको छ ।

लिलामी शेयरको न्यूनतम मूल्य प्रतिकित्ता एक सय रुपैयाँ तोकिएको छ । जसमा कम्तिमा ५० कित्तादेखि बढीमा सबै कित्ताका लागि आवेदन दिन पाइनेछ ।

इन्स्योरेन्सको शेयरको बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ। लिलामी शेयरमा एनआईबिएल एस क्यापिटलका सम्पूर्ण शाखा कार्यालय, नेपाल इन्भेष्टमेन्ट बैंकका विभिन्न शाखाहरु तथा ग्रीन डेभलपमेन्ट बैंक बाग्लुङ मार्फत आवेदन दिन सकिने कम्पनीले बताएको छ ।

prabhu mahalaxmi
kumari bank
kumari
nawakantipur long