stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको २८ औँ वार्षिक साधारणसभा पुस २४ गते

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले आफ्नो २८ औँ वार्षिक साधारण सभा आह्वान गरेको छ। कम्पनी सञ्चालक समितिको बुधबार बसेको बैठकले साधारणसभा यही पुस २४ गते आयोजना गर्ने निर्णय गरेको हो।

कम्पनीले आर्थिक वर्ष २०८१/८२ का लागि प्रस्तावित नगद लाभांश अनुमोदन गर्नेछ। गत आर्थिक वर्षका लागि कम्पनीले हाल कायम चुक्तापुँजी ३ अर्ब २ करोड ९३ लाख ३४ हजार ६३९ रुपैयाँको ५ प्रतिशतले हुन आउने १५ करोड १४ लाख ६६ हजार ७३१.९५ रुपैयाँबराबरको नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको छ।

सभाले कम्पनीको नियमावलीको नियम ९ (छ) (२) संशोधन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। कम्पनीको प्रबन्धपत्र तथा नियमावली अभिलेख गर्ने निकायबाट कुनै फेरबदलको निर्देशन प्राप्त भएमा सोहीअनुसार फेरबदल गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।

सभाले सञ्चालकको नियुक्ति अनुमोदन गर्नुका साथै गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ। सोही सभाले चालु आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पारित गर्नेछ।

सभा र लाभांश प्रयोजनार्थ कम्पनीले पुस १६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस १६ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्। साधारण सभा काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्यांक्वेटमा बिहान १० बजेबाट सुरु हुनेछ।

prabhu mahalaxmi
kumari