stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

रिलायबल नेपाल लाइफको नयाँ बोनसदर घोषणा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको आर्थिक स्थितिको लेखाजोखा र दायित्वका मूल्यांकन सम्बन्धी बीमांकीय प्रतिवेदन नेपाल बीमा प्राधिकरणले मंसिर २५ गते स्वीकृत गरेसँगै नयाँ बोनसदर घोषणा गरेको छ।

नयाँ बोनसदर अनुसार बीमितले बीमालेखको किसिम र बीमा अवधि अनुसार न्यूनतम २० रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म प्रतिहजारका दरले बोनस पाउने भएका छन्।

बोनसदर कम्पनीले सञ्चालनमा ल्याएको विभिन्न प्रकारका मुनाफामा सरिक हुने अर्थात् बोनस आर्जन गर्ने गरी जारी गरिएको बीमालेखहरूमा समेत लागू हुने जनाएको छ।

कम्पनीले सावधिक बीमालेख अन्तर्गतका ८ वटा बीमा योजनाहरूमा न्यूनतम २५ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनस दिने भएको छ भने सावधिक तथा आजीवन बीमालेख अन्तर्गतको बीमा योजनामा न्यूनतम ३० रुपैयाँदेखि अधिकतम ५० रुपैयाँसम्म बोनस दिने भएको छ।

त्यसैगरी अग्रिम भुक्तानी सावधिक बीमालेख अन्तर्गतका २ वटा बीमा योजनामा न्यूनतम २० रुपैयाँदेखि अधिकतम ५५ रुपैयाँसम्म र अन्य बीमालेख अन्तर्गतका बीमा योजनामा न्यूनतम ६० रुपैयाँदेखि अधिकतम ६५ रुपैयाँसम्म बोनस बीमितलाई दिने भएको छ।

यो बोनसदर मृत्यु दाबी, पूर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मूल्य दाबी, चुक्ता मूल्य तथा चालू बीमालेखमा समेत लागू हुनुका साथै अर्को बीमांकीय मूल्यांकन प्रतिवेदन बीमा प्राधिकरणबाट स्वीकृत नभएसम्म कम्पनीले भुक्तानी गर्ने सम्पूर्ण दाबीहरूमा समेत यही बोनसदर लागू हुने स्पष्ट पारेको छ।

prabhu mahalaxmi
kumari