stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

एनएलजी इन्स्योरेन्सलाई इक्रा नेपालले नकारात्मक निगरानी सूचीबाट हटायो

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । क्रेडिट रेटिङ एजेन्सि, इक्रा नेपालले एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको इस्युअर रेटिङ ए माइनस (ICRANP-IR A-) बाट हटाएको छ। यो पुनरावलोकनले कम्पनीको वित्तीय दायित्व समयमै पुरा गर्ने क्षमताप्रति देखिएको अनिश्चितता हट्दै गएको संकेत गरेको छ।

इक्रा नेपालका अनुसार हाल प्राप्त विवरणले एनएलजी इन्स्योरेन्सले गत भदौ २३, २४ गते भएको आन्दोलन तथा असोजमा आएको बाढी–पहिरो बाट उत्पन्न दाबीको प्रभाव सामना गर्न सक्ने स्पष्टता देखिएको छ।

आन्दोलनसँग सम्बन्धित करिब ६४करोड ३० लाख रुपैयाँ बराबरको दाबीमध्ये कम्पनीको आफ्नो दायीत्वको हिस्सा करिब १५ करोड २० लाख रूपैयाँ मात्र रहेको छ। त्यस्तै, बाढी–पहिरोबाट करिब ७३ करोड ४० लाख रुपैयाँ बराबरको दाबी परेपनि कम्पनीको प्रत्यक्ष दायित्व करिब २ करोड रुपैयाँ मात्रै रहेको आईसीआरए नेपालले जनाएको छ।

बलियो पुनर्बीमा व्यवस्था र पर्याप्त तरलताका कारण यी दायीत्वहरू सहज रूपमा व्यवस्थापन गर्न सकिने इक्रा नेपालको मूल्याङ्कन छ। यी घटनाले चालू आर्थिक वर्ष २०८२।८३ मा कम्पनीको नाफामा दबाब पर्ने, विशेषगरी पहिलो त्रैमासिकमा बढी असर देखिने उल्लेख गरिएको छ।

रेटिङले एनएलजी इन्स्योरेन्सको दीर्घ अनुभव, नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ५० प्रतिशत स्वामित्व, र अनुभवी व्यवस्थापन समूहलाई पनि सकारात्मक पक्षका रूपमा उल्लेख गरेको छ। कम्पनीको सोल्भेन्सी अनुपात करिब ३४२ प्रतिशत छ।

यो नियामकीय न्यूनतम १३० प्रतिशतभन्दा तेब्बर बढी हो। २०२५ जनवरीमा करिब ६३ प्रतिशत हकप्रद शेयर जारी गरी न्यूनतम पूँजी पुरा गरेपछि वित्तीय स्थिति अझ बलियो बनाएको इक्रा नेपालले जनाएको छ।

निर्जीवन बीमक बीच तीब्र अस्वस्थ्य प्रतिस्पर्धा, कम्पनीको मध्यम स्तरको व्यवसाय आकार, मोटर इन्स्योरेन्समा उच्च निर्भरता, तथा लगानीवापतको प्रतिफल आम्दानी खुम्चिनु जस्ता चुनौतीहरू भने कायमै रहेको छ।

इक्रा नेपालले वित्तीय सबलता मूल्याङ्कन पछि जारी रेटिङ विज्ञप्तीमा, आगामी दिनमा एनएलजी इन्स्योरेन्सले व्यवसाय विस्तार, जोखिमाङ्कन सुधार, लगानी विविधीकरण र प्रतिस्पर्धी बजारमा आफ्नो स्थिति बलियो बनाउने क्षमता कति प्रभावकारी हुन्छ भन्ने कुराले कम्पनीको भविष्यको वित्तीय अवस्था निर्धारण गर्ने टिप्पणी गरेको छ।

prabhu mahalaxmi
kumari