stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नेपाल एसबिआई बैंकको आजसम्म शेयर किन्नेले लाभांश पाउने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडको आज पुस ३ गतेसम्म शेयर किन्ने शेयरधनीहरूले बैंकले प्रस्ताव गरेको ९ प्रतिशत लाभांश पाउनेछन्।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले भोलि पुस ४ गते बुक क्लोज गर्ने भएकाले नेपाल स्टक एक्सचेन्ज ९नेप्से० मा आजसम्म बैंकको शेयर किन्नेले लाभांश पाउने भएका हुन्।

बैंकले शेयरधनीलाई हाल कायम चुक्ता पूँजीको ४ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव गरेको छ। यो प्रस्ताव पारितका लागि यही पुस १८ गते शुक्रबार काठमाडौंको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान ११ बजे बत्तीसौं वार्षिक साधारणसभा बस्दैछ।

साधारण सभाले उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जरमा जान र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी पनि दिनेछ।

त्यसैगरी गत आर्थिक वर्षको प्रतिवेदन र वित्तीय विवरणहरू पारित गरी चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने र सञ्चालक समितिमा १ जना सर्वसाधारण शेयरधनीको निर्वाचन गर्ने प्रस्ताव पनि तय गरिएका छन्।

prabhu mahalaxmi
kumari