stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

एनएलजी इस्योरेन्सको लिलामी सेयर खुल्यो

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । एनएलजी इस्योरेन्सको आज बिहीबार साउन २२ गतेबाट १ लाख ६१ हजार ७८ कित्ता सेयर लिलामी बिक्री खुला भएको छ । जसमा संस्थापक समूहको ८१ हजार २२४.७५ कित्ता र सर्वसाधारण समूहको ७९ हजार ८५३.२५ कित्ता सेयर रहेको छ । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी बोलकबोल माध्यमबाट आवेदन दिनुपर्नेछ । लिलामी भर्ने अन्तिम म्याद साउन २९ गतेसम्म तोकिएको छ ।

यसअघि एनएलजी इस्योरेन्सले असार ९ गतेबाट २५ गतेसम्म १०० रुपैयाँ अंकित मूल्यको ३८ लाख ४२ हजार ४३७.५० कित्ता सेयर बिक्री खुला गरेको थियो । त्यस समयभित्र आवश्यकता अनुसार हकप्रद सेयर नबिकेपछि कम्पनीले बाँकी रहेको सेयर यतिबेला लिलामीमा ल्याएको हो ।

यसमा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट नयाँ बानेश्वर काठमाडौं र एनएलजी इस्योरेन्सको केन्द्रीय कार्यालय लाजिम्पाट काठमाडौंबाट पनि ओदन दिन सकिनेछ ।

त्यसैगरी, लक्ष्मी बैंकको बिर्तामोड, जनकपुर, बिराटनगर, नारायणगढ, हेटौंडा, बुटवल, पोखरा, वीरगञ्ज, बाग्लुङ, दाङ घोराही, सुर्खेत, नेपालगञ्ज, धनगढी र महेन्द्रनगर शाखाबाट आवेदन दिन सकिनेछ । हाल यसको चुक्ता पुँजी ६४ करोड ४ लाख ६ हजार २५० रुपैयाँ छ ।

कम्पनीले यही पुँजीबाट ६०५ हकप्रद सेयर निष्कासन गरेको थियो । हकप्रद र बाँकी रहेको सेयर लिलामी बिक्रीपछि पुँजी १ अर्ब २ करोड ४६ लाख ५० हजार रुपैयाँ पुग्नेछ ।

prabhu mahalaxmi
kumari bank
kumari
nawakantipur long