stcnepal long ad
global ime bank long

हिमालयन लाइफ इन्स्योरेन्सद्धारा सम्पत्ति शुद्धीकरण निवारण कार्यक्रम सम्पन्न

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad
काठमाडौ. । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । हिल्टन होटलमा शुक्रबार भएको कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक, नियमन तथा सम्पत्ति शुद्धीकरण निवारणका महाशाखा प्रमुख शाम्बराज लामिछाने र सम्पत्ति शुद्धीकरण निवारण बिभागका शाखा प्रमुख तथा नेपाल बीमा प्राधिकरणका उपनिर्देशक पदम सोडारीले सम्पत्ति शुद्धीकरण निवारणको लागि जीवन बीमा कम्पनीले निर्वाह गर्नु पर्ने विविध पक्षहरुको बारेमा जानकारी गराउनु भएको थियो ।
सो कार्यक्रममा निर्देशक लामिछानेले नेपाल बीमा प्राधिकरणबाट बीमा कम्पनीहरुको लागि हालै सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी निर्देशिका, २०८२ जारी भएको र सो निर्देशिकाले सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी बिषयहरुलाई स्पष्ट पारेको जानकारी गराउँदै सो निर्देशिकाको कडाइका साथ पालना गर्न आग्रह गर्नुभयो ।
साथै हिमालयन लाइफले सम्पत्ति शुद्धीकरण निवारणको सम्बन्धमा गरेका कार्यहरु प्रशंसनिय रहेका भन्दै आगामी दिनमा अझ प्रभावकारी रुपमा कार्य गर्न सुझाव दिनुभयो ।
कार्यक्रममा कम्पनीका संचालक समिति अध्यक्ष शुलभ अग्रवालले कम्पनीमा सम्पत्ति शुद्धीकरण निवारणको बिषयमा प्रभावकारी रुपमा कार्य गर्ने व्यवस्था मिलाईएको जानकारी गराउँदै नेपाल बीमा प्राधिकरणको नीति नियमहरुलाई कम्पनीले अक्षरश पालना गर्ने जानकारी गराउनु भयो ।
सो अवसरमा संचालक समिति सदस्य प्रमिला के.सी. र प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णले सम्पत्ति शुद्धीकरणको बिषयमा कम्पनी गम्भिर रहेको बताउनुभयो ।
सो कार्यक्रममा कम्पनीका संचालक समितिका समितिका पदाधिकारीहरु, शेयरधनीहरु तथा उच्च ब्यवस्थापकिय पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।
IME Lifesidebar
kumari