stcnepal long ad
global ime bank long

ग्लोबल आइएमई समुन्नत योजना २ को इकाइ भोलिबाट कारोबारमा आउने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । ग्लोबल आइएमई म्युचुअल फन्ड अन्तर्गत संचालित हुने ‘ग्लोबल आइएमई समुन्नत योजना २’ को इकाइ भोलिबाट कारोबारमा आउने भएको छ ।

सोही अनुसार आज भदौ ८ गते नेपाल स्टक एक्सचेन्जमा ‘ग्लोबल आइएमई समुन्नत योजना २’ को इकाइ सूचिकृत भएको हो ।

नेप्सेमा ‘ग्लोबल आइएमई समुन्नत योजना २’ को इकाई मूल्य १० रुपैयाँ कायम भएको क्रम संख्या १ देखि १५ करोडसम्मका कुल १५ करोड इकाइ सूचिकृत भएको हो ।

क्यापिटले सर्वसाधारण समक्ष ग्लोबल आइएमई क्यापिटल लिमिटेड मार्फत् सामूहिक लगानी कोष इकाइ खुल्ला विक्री आव्हान गरेको थियो ।

यसरी वितरण गरिएको १५ करोड सामूहिक लगानी कोष इकाई वितरण भई धितोपत्र सूचीकरण विनियमावली अनुसार सुीचकृत भएको हो । उक्त म्युचुअल फण्डको भदौ ९ गते देखि कारोवार शुरु हुनेछ ।

IME Lifesidebar
kumari