stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको आठौं वार्षिक साधारण सभा आज

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको आठौं वार्षिक साधारणसभा आज असार २ गते काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्यांकेटमा बिहान ११ बजेदेखि बस्दैछ।

उक्त सभाले हाल कायम चुक्ता पूँजी ४ अर्ब ६४ करोड रूपैयाँको १२ प्रतिशत बोनस शेयर र ०.६३ प्रतिशत नगद लाभांश ९कर समेत० वितरणको प्रस्ताव पारित गर्नेछ।

यसका साथै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन लगायतका अन्य वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षकको नियक्ति गरेर निजको पारिश्रमिक निर्धारण गर्नेछ।

बोनस शेयर वितरणपछि कम्पनीको चुक्ता पूँजी ५ अर्ब १९ करोड ६८ लाख पुग्ने भएकाले सोही बमोजिम गर्न र नियमनकारी निकायबाट निर्देशन भएमा वा आवश्यक परेमा कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिने प्रस्ताव पनि सभाले पारित गर्नेछ।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले जेठ २६ गते १ दिन बुक क्लोज गरिसकेकोले जेठ २५ गतेसम्म कायम शेयरधनीहरू मात्रै सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन्।

prabhu mahalaxmi
kumari