ज्योति विकास बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । यो शेयर हाल बैंककै कायम विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् । यद्यपि शेयर संख्या र मूल्य भने खुलाइएको छैन ।
शेयर खरिद गर्न इच्छुक शेयरधनीले आवश्यक कागजातसहित ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय कमलपोखरी, काठमाडौंमा आफूले के कति खरिद गर्न चाहेको हो सोको विवरण खुलाई निवेदन दिनुपर्नेछ ।
साथै तोकिएको समयभित्र विद्यमान संस्थापकहरूबाट आवेदन नपरेमा सो शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने बैंकले जनाएको छ ।