stcnepal long ad
ime life insurance
national life
global ime bank long

हिमालयन रिइन्स्योरेन्सको साधारणसभा आज

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडको साधारण सभा आज (जेठ २५ गते) बस्दैछ । साधारण सभाले हाल कायम चुक्ता पुँजी १० अर्ब ४० करोड रुपियाँबराबरको ४.५० प्रतिशतका दरले हुन आउने बोनस शेयर र कर प्रयोजनका लागि ०.२४ नगद गरी कुल ४.७४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गर्नेछ ।

साधारण सभाले लेखापरीक्षक सहितको गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक तोक्ने, चालू आर्थिक वर्षमा कम्पनीबाट भएको सामाजिक उत्तरदायित्व अन्तर्गतको खर्च अनुमोदन गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने काम पनि साधारण सभाले गर्नेछ ।

लाभांश वितरण तथा सभा प्रयोजनार्थ कम्पनीले जेठ ११ गते बुक क्लोज गरिसकेको छ । जेठ ८ गतेसम्म कायम रहेका शेयरधनीले मात्रै प्रस्तावित लाभांश पाउनुका साथै साधारण सभामा पनि सहभागी बन्न पाउने छन् ।

साधारण सभा जेठ २५ गते बिहान ११ बजे प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा बस्दैछ ।

IME Lifesidebar
kumari