stcnepal long ad
ime life insurance
national life
global ime bank long

रेनो बोरियल ७–सिटर एसयूभी भारतमा ल्याउने तयारी

टाटा र महिन्द्रासँग प्रतिस्पर्धा हुने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

रेनोले भारतीय बजारमा नयाँ ७–सिटर एसयूभी बोरियल ल्याउने तयारी गरिरहेको छ। सो एसयूभी अन्तर्राष्ट्रिय बजारमा प्रस्तुत गरिसकेको बिगस्टरमा आधारित हुनेछ।

अन्तर्राष्ट्रिय संस्करण बोरियल ५–सिटर भए पनि भारतीय बजारमा ७–सिटर विकल्प उपलब्ध हुने अपेक्षा गरिएको छ। रेनो बोरियलको डिजाइन ठूला एसयूभीको शैलीमा हुनेछ ।

सेफ्टीका लागि बोरियलमा एडास, ६–एयरब्याग, एबीएस, ईबीडी र ईएससी जस्ता फिचर समावेश हुने सम्भावना छ। साथै, यसको इन्टेरियरमा १०.१ इन्चको टचस्क्रिन, १० इन्चको डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, भेन्टिलेटेड पावर सिट, अटोमेटिक क्लाइमेट कन्ट्रोल र वायरलेस फोन चार्जिङ जस्ता फिचर हुने अनुमान गरिएको छ।

रेनो बोरियलमा पेट्रोल, माइल्ड–हाइब्रिड र स्ट्रङहाइब्रिड पावरट्रेन विकल्प उपलब्ध हुनेछ । रेनो इन्डियाले बोरियलको लन्च मिति घोषणा गरेको छैन।

यद्यपि रिपोर्टका अनुसार सो एसयूभी सन् २०२६ को अन्त्यतिर वा २०२७ को सुरुवाततिर भारतीय बजारमा प्रवेश गर्ने अपेक्षा गरिएको छ।

रेनो बोरियल लन्च पछि ७ सिटर एसयूभी सेग्मेन्टमा मारुती, टाटा सफारी र महिन्द्रा एक्सयूभी७०० जस्ता ब्रान्डसँग प्रतिस्पर्धा गर्नेछ

IME Lifesidebar
kumari