sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

युनाइटेड अजोड इन्स्योरेन्सको साढे २ लाख बढी कित्ता शेयर बिक्रीमा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सको साढे २ लाख बढी कित्ता शेयर बिक्रीमा राखिएको छ।
कम्पनीको संस्थापक समूहको २ लाख ५६ हजार ३१० कित्ता शेयर बिक्रीमा राखिएको हो।

जसमा संस्थापक शेयरधनी सन्दीप खेतान र जुली चाचानको ९९ हजार ४११ कित्ता र ४९ हजार ७०५ कित्ता, महेन्द्रकुमार गोयलको ८२ हजार ५९२ कित्ता तथा ज्योति कुमारी सरावगीको २४ हजार ६०२ कित्ता शेयर रहेको छ।

बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता खेतान र चाचानले १८० रुपैयाँ, गोयलले १६३.९० रुपैयाँ र सरावगीले १६३.५० रुपैयाँ राखेका छन्। इच्छुक लगानीकर्ताले न्यूनतम मूल्य वा सोभन्दा बढी कबोल गरी खरिद निवेदन दिन सक्नेछन्।

यी शेयर यसअघि कमपनीकै संस्थापक शेयरधनीहरुलाई बिक्री खुला गरिएको थियो। तर, संस्थापक शेयरधनीबाट खरिदका लागि निवेदन परेपछि अहिले अन्य व्यक्ति तथा संस्थाका लागि बिक्री खुलाा गरिएको हो।

इच्छुक लगानीकर्ताले १५ दिनभित्र खरिद निवेदन दिनुपर्नेछ। निवेदन काठमाडौंको सुन्धारास्थित सीटीसी मलस्थित कम्पनीको प्रधान कार्यालयमा पेस गर्न सकिनेछ।

prabhu bank
nawakantipur long