stcnepal long ad
ime life insurance
national life
global ime bank long

सन नेपाल लाइफ इन्स्योरेन्सले वैशाख ३० गतेदेखि २७ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले वैशाख ३० गतेदेखि २७ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । यस कम्पनीले १ः०.२७ अनुपातमा १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो ।

इन्स्योरेन्स कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले १ अर्ब ६ करोड ९६ लाख ३२ हजार रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्नेछ । यसले हकप्रद सेयर बिक्री प्रयोजनका लागि वैशाख ५ गते बुक क्लोज गरिसकेको छ ।

तसर्थ, वैशाख ४ गतेसम्म कायम रहेका सेयरधनीले मात्र यस हकप्रद सेयर भर्न पाउनेछन् । यो हकप्रद सेयरमा जेठ १९ गतेसम्म आवेदन दिन सकिनेछ ।

सन नेपाल लाइफ इन्स्योरेन्सको हकप्रद सेयरमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङले बिक्री प्रबन्धकको काम गर्नेछ । लगानीकर्ताले बिक्री प्रबन्धकका साथै सन नेपाल लाइफका केन्द्रीय तथा क्षेत्रीय कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

हाल यस इन्स्योरेन्स कम्पनीको चुक्ता पुँजी ३ अर्ब ९६ करोड १६ लाख रुपैयाँ रहेको छ । हकप्रद सेयर जारी भएपछि चुक्ता पुँजी ५ अर्ब ३ करोड १२ लाख ३२ हजार रुपैयाँ पुग्नेछ ।

IME Lifesidebar
kumari