citizens life insurance long ad
stcnepal long ad

सन नेपाल लाइफ इन्स्योरेन्सको हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम दिन

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सको २७ प्रतिशत हकप्रद सेयर सुरक्षित गर्ने आज वैशाख ४ गते बिहीबार अन्तिम दिन हो ।

यस कम्पनी हकप्रद सेयर बिक्री प्रयोजनका लागि वैशाख ५ गते बुक क्लोज गर्दैछ । तसथ आज वैशाख ४ गतेसम्म कायम रहने सेयरधनीहरुले मात्र यस कम्पनीको हकप्रद सेयर भर्न पाउनेछन् ।

कम्पनीले १ः०.२७ अनुपातमा १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । जसअनुसार यस कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले १ अर्ब ६ करोड ९६ लाख ३२ हजार रुपैयाँ बराबरको हकप्रद सेयर गर्नेछ ।

हाल यस कम्पनीको चुक्ता पुँजी ३ अर्ब ९६ करोड १६ लाख रुपैयाँ रहेको छ । हकप्रद सेयर जारी भएपछि यसको चुक्ता पुँजी ५ अर्ब ३ करोड १२ लाख ३२ हजार रुपैयाँ पुग्नेछ । सन नेपालको हकप्रद सेयरमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङले बिक्री प्रबन्धकको काम गर्नेछ ।

IME Life
kumari