stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

होटल व्यवसायीले नेपालमा पर्यटक भित्र्याउन दिए सुझाव

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । होटल व्यवसायीहरुले नेपालमा कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि राम्रो काम भइरहेको प्रत्याभुति गराउन सके धेरै संख्यामा पर्यटक आउन सक्ने बताएका छन् ।

होटल संघ नेपालका उपाध्यक्ष विनायक शाहले विदेशी पर्यटकहरुलाई नेपाल जाँदा कोभिडको संक्रमण छैन भन्ने कुराको प्रत्याभूति सरकारले गराउनु पर्ने बताए ।

सरकारले नेपालका कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि राम्रो काम गरेको सन्देश दिनसके नेपाल घुम्न आउने पर्यटकको संख्या बढ्ने शाहले बताए । त्यसकालागि पर्यटकको पीसीआर परीक्षण गर्ने व्यवस्था गर्नुपर्ने शाहले बताए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नै पीसीआर परीक्षण गर्ने केन्द्र स्थापना गरेमा विदेशमा राम्रो सन्देश जाने र पर्यटकहरु आउन सक्ने उनले बताए ।

पर्यटन क्षेत्र, होटल व्यवासय सञ्चालनका लागि मौद्रिक नीति मार्फत ५ प्रतिशत ब्याजदरमा वर्किङ क्यापिटल दिने कुरा आउनु सकारात्मक भएको शाहले बताए ।

तर सरकारले ५० अर्बको पुनरउत्थान कोष खडा नगरेसम्म व्यवसायीले उक्त सुविधा नपाउने र कर्मचारीलाई तलब दिन र होटल सञ्चालन गर्न नसक्ने भएकाले कोषको व्यवस्था छिटो गर्न सरकारलाई आग्रह समेत गरे ।

शाहले नीति नियममा आएको कुरालाई कार्यान्वयनमा लैजाने कुरामा सरकार प्रस्टरुपमा नआउँदा व्यवसायीहरुमा अन्योलता बढेको बताए ।

पर्यटन व्यवसायी सुदर्शन नेपालले ट्रेकिङ, हाइकिङ, क्याम्पिङ ट्रेक गर्ने पर्यटकहरुलाई फोकस गरेर काम गरिने बताए । कोभिड १९ संक्रमणको जोखिमलाई ध्यान दिएर समूहमा आउने पर्यटक भन्दापनि व्यक्ति र पारिवारिक पर्यटकलाई फोकस गरेर प्रवद्र्धन गरिएको बताए ।

यो समयमा धेरै मूलुक संक्रमणको जोखिममा रहेकाले नेपाललाई खुल्ला गर्दा पर्यटकहरु ऋाउन सक्ने सम्भावना बढी रहेको पनि उनले बताए । खासगरी चिनियाँ पर्यटकहरु नेपाल आउन सक्ने उनले बताए ।

व्यवसायीहरुले नेपालमा आउने पर्यटकका लागि सरकारले लिने शुल्कमा छुट दिनुपर्ने समेत बताएका छन् । नेपालमा आउने पर्यटकलाई कसरी कोभिडको संक्रमणबाट बचाउने भन्ने विषय महत्वपूर्ण हुने व्यवसायीहरुले बताएका छन् ।

prabhu mahalaxmi
kumari bank
kumari