सिटिजन्स बैंक ४० हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । सिटिजन्स बैंक लिमिटेडले कुल ४० हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ ।
प्रतिकित्ता १०० रुपियाँ तोकिएको यो शेयर जोकोही व्यक्ति वा संघसंस्थाले खरिद गर्न पाउनेछन् । शेयर किन्न ७ दिनको समय दिइएको छ ।
इच्छुकले बैंकको केन्द्रीय कार्यालय नारायणहिटीपथ, काठमाडौंमा निवेदन दिनुपर्नेछ । बैंकले यसअघि नै संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी बिक्रीमा ल्याइसकेको र तोकिएको समयभित्र पर्याप्त आवेदन नपरेपछि सर्वसाधारणका लागि बिक्री खुलाइएको हो ।