stcnepal long ad
ime life insurance
global ime bank long

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको बोनसदर सार्वजनिक

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बोनसदर सार्वजनिक गरेको छ। इन्स्योरेन्स कम्पनीको गत आर्थिक वर्षको आर्थिक स्थितिको लेखाजोखा र दायित्वको मूल्याङ्कन सम्बन्धी बीमाङ्कीय प्रतिवेदन नेपाल बीमा प्राधिकरणले फागुन २६ गते स्वीकृति दिएपछि नयाँ बोनसदर सार्वजनिक गरिएको हो।

इन्स्योरेन्स कम्पनीले रिलायबल सावधिक जीवन बीमालेखमा बीमा अवधि अनुसार ५० रुपैयाँदेखि ७५ रुपैयाँ प्रतिहजारका दरले बोनस दिने भएको छ। त्यस्तै रिलायबल सुलभ जीवन बीमालेख र सुलभ बाल जीवन बीमालेख प्लस योजनामा २५ रुपैयाँदेखि ४१ रुपैयाँसम्म बोनस दिने निर्णय गरेको छ।

यता रिलाबल सजिलो जीवन बीमा (एकल तथा सीमित अवधि भुक्तानी) मा २५ देखि २६ रुपैयाँसम्म बोनस दिने भएको छ भने लघु सावधिक जीवन बीमालेख (बीमा समिति) र रिलायबल लघु सावधिक जीवन बीमालेखमा ३१ रुपैयाँदेखि ३५ रुपैयाँसम्म बोनस निर्धारण गरेको छ।

त्यस्तै सावधिक तथा आजीवन बीमा योजनामा ३० रुपैयाँदेखि ५० रुपैयाँसम्म, रिलायबल अग्रिम भुक्तानी सावधिक बीमा योजनामा ५० र ५५ रुपैयाँ, रिलायबल समुन्नती जीवन बीमा योजनामा २० रुपैयाँदेखि २३ रुपैयाँसम्म र रिलायबल उच्च शिक्षा योजना ९बालबच्चाको सावधिक बीमालेख० मा ६० देखि ६५ रुपैयाँसम्म बोनस दिने भएको छ।

यो बोसनदर मृत्यु दाबी, पूर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण दाबी, चुक्ता मूल्य तथा चालू बीमालेखमा समेत लागू हुने र अर्को बोनसदर सार्वजनिक नभएसम्म यही बोनसदर लागू हुने कम्पनीले जानकारी दिएको छ।

prabhu mahalaxmi
kumari