stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

नेपाल राष्ट्र बैंकले १ अर्ब १५ करोड रुपैयाँ मुद्दति निक्षेपमा लगानी गर्दै

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले १ अर्ब १५ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेपका रुपमा लगानी गर्ने भएको छ । राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम मुद्दति निक्षेपका रुपमा राख्नका लागि बैंकहरुसँग प्रस्ताव माग गरेको छ ।

राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरूमा ९२ करोड रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकहरूमा १७ करोड २५ लाख रुपैयाँ र वित्त कम्पनीहरूमा ५ करोड ७५ लाख रुपैयाँ लगानी गरिनेछ।

यस निक्षेपका लागि चैत ५ गते साँझ ७ बजेसम्म बैंक तथा वित्तीय संस्थाहरूले आ–आफ्नो ब्याजदर प्रस्ताव पेश गर्न सक्ने व्यवस्था गरिएको छ।

राष्ट्र बैंकका अनुसार ३६६ दिनको अवधिका लागि उक्त लगानी चैत १० गतेदेखि सुरु भई आगामी वर्षको चैत ९ गतेसम्म रहनेछ

prabhu mahalaxmi
kumari