stcnepal long ad
ime life insurance
global ime bank long

एनसी एग्रो टेकले आइपीओ निष्काशन गर्ने

बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । एनसी एग्रो टेक इण्ड्रष्ट्रिज लिमिटेडले सर्वसाधारणमा आइपीओ जारी गर्ने भएको छ । जसका लागि कम्पनीले बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

सो सम्बन्धमा चैत ३ गते आईतबार ग्लोबल आइएमई क्यापिटल लिमिटेडको रजिष्टर्ड कार्यालय नक्साल, काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममा एनसी एग्रो टेक इण्ड्रष्ट्रिज लिमिटेडको तर्फबाट अख्तियार प्राप्त सञ्चालक दिपक प्रसाद न्यौपाने र ग्लोबल आइएमई क्यापिटल लिमिटेडको तर्फबाट अख्तियार प्राप्त प्रमुख कार्यकारी अधिकृत मन्दिप लुईटेलले सम्झोतापत्रमा हस्ताक्षर गरे ।

कम्पनीले प्रतिशेयर अंकित मूल्य १ सय रुपैयाँ अंकित दरको १८,००,००० कित्ता साधारण शेयरको सार्वजनिक निष्कासन गर्ने भएको हो ।

वि.सं. २०७५ साल कार्तिक ११ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई सञ्चालनमा आएको यस एनसि एग्रो टेक इण्ड्रष्ट्रिजको रजिष्टर्ड कार्यालय बाग्मती प्रदेश, काठमाण्डौं जिल्ला, टोखा नगरपालिका वडा नं. ०८, काठमाण्डौंमा रहेको छ भने उत्पादन क्षेत्र पूर्व नवलपरासी गैडाकोट– १४, नवलपुरमा रहेको छ ।

कम्पनीले नेपाल सरकारको कृषि दशकको अभियानमा कृषि क्षेत्रलाई सफल बनाउने अभियान अर्न्तगत कृषि उत्पादन भई खेर गएका सामाग्रीको स्वदेशी कच्चा पदार्थ प्रयोग गरेर ताजा च्याउ उत्पादन गरी देशलाई आत्मनिर्भर बनाउने र उत्पादित च्याउ विदेश निर्यात गर्ने तथा औषधीय महत्व बोकेका च्याउ जस्तै यार्सागुम्बा, लायन्समाने, गानोडरमा, टर्कीटेल, सिताके, ग्रीफोला आदी च्याउहरु तथा यी च्याउहरुका माइसेलियस उत्पादन गरी क्याप्सुल बनाइ विदेश समेत निर्यात भइरहेको तथा च्याउलाई अत्याधुनिक प्रविधिबाट प्रशोधन गरी ड्राइ मशरुम, मशरुम सुप तथा क्यान मशरुम आदि बनाउनुको साथै गोब्रे च्याउ उत्पादन गर्नको लागि आवश्यक कच्चा पदार्थ (कम्पोष्ट) उत्पादन गरी नेपालभरीका किसान तथा ठूला व्यवसायिक कृषकहरुलाई बिक्री वितरण गर्दै आइरहेको छ । यस कम्पनीले च्याउ टिपिसकेपछि बाँकि रहेको कम्पोष्ट तथा बॉस प्रशोधन गर्दा निष्कने भूषलाई कोइलामा परिणत गरी वातावरण मैत्री संरचनाको समेत निर्माण गरेको छ ।

नेपालमा उत्पादन भइरहेको र नयाँ खालका च्याउको व्यावसायिक तालिम र च्याउ उत्पादनको प्रविधि तथा सबै खालका च्याउका बिउ बिजन समेत उपलब्ध गराउने कार्य यस कम्पनीले गर्दै आइरहेको र अत्याधुनिक स्रोत साधनको प्रयोग गरी बाँसको टुथपिक, ससेज सिन्का, अगरबत्ती सिन्का, मुडाको सिन्का लगायतका बाँसका अन्य बस्तु समेत उत्पादन गर्दै आइरहेको छ ।

त्यस्तै च्याउतर्फको र बाँसका सिन्काको उत्पादन गरी देशलाई आत्मनिर्भर बनाउने र अन्य औषधीजन्य च्याउहरुको उत्पादन गरी सो पश्चात् खेर जाने फोहोरलाई समेत उच्च गुणस्तरका कोइलामा रुपान्तरण गरी बिक्री वितरण समेत गर्दै आइरहेको छ ।

साथै, खेर गइरहेको कृषी उपजहरु जस्तैः उखुको भूष, तोरीको पिना, गहुँको नल, चोकर, मकै, तोरीको गट्टे, धानको भूष जस्ता वस्तुहरुको प्रयोग गरी च्याउ उत्पादनमा अत्याधुनिक प्रविधि प्रयोग गरिरहेको छ ।

prabhu mahalaxmi
kumari