sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

युनाइटेड अजोड इन्स्योरेन्सको महाप्रवन्धकमा सञ्जय अर्याल र काशीनाथ बुर्लाकोटी

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको नयाँ महाप्रवन्धकमा सञ्जय अर्याल र काशीनाथ बुर्लाकोटी नियुक्त भएका छन् । दुवैजना यसअघि हिमालय एभरेन्ष्ट इन्स्योरेन्समा थिए ।त्यस्तै, युनाइटेड अजोडले धिरज ढुंगानालाई मुख्य प्रवन्धकमा भित्राएको छ ।

नेपाल इन्स्योरेन्स कम्पनीबाट करियर सुरु गरेका अर्यालसँग २६ बर्ष लामो अनुभव छ । लामो समय उच्च व्यवस्थापनमा रहेका उनले नेपाल इन्स्योरेन्स र हिमालयन एभरेष्टमा मार्केटिङ विभाग प्रमुख भई व्यापार प्रवर्द्धन, शाखा व्यवस्थापन, कर्मचारी व्यवस्थापनको भूमिका निर्वाह गरेका थिए । अर्यालले यसअघि हिमालयन एरभेष्टमा दुई बर्ष बिताएका थिए ।

अर्का महाप्रवन्धक बुर्लाकोटी यसअघि हिमालयन एभरेष्टमा उच्च व्यवस्थापनमा रही बीमा बजार प्रवर्द्धनमा सक्रिय थिए । यस क्षेत्रमा उनको आठ बर्ष अनुभव रहेको कम्पनीको भनाई छ । चार्टर्ड एकाउन्टेन्टसमेत रहेका बुर्लाकोटीसँग बैंकिङ क्षेत्रको समेत लामो अनुभव छ ।

तत्कालिन एभरेष्ट इन्स्योरेन्स कम्पनी विषम परिस्थितिमा हुँदा प्रमुख कार्यकारी अधिकृत (सीईओ) को चुनौतिपूर्ण भूमिका निर्वाह गरेका कमल गौतम अहिले युनाइटड अजोडको सीईओ छन् ।

gold
kumari bank
nawakantipur long