stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

११ वटा क्याम्पसमा स्ववियु चुनावको प्रक्रिया अवरुद्ध

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । विश्वविद्यालय (त्रिवि) अन्तर्गतका ११ आङ्गिक क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावको प्रक्रिया अवरुद्ध भएको छ ।

विद्यार्थी सङ्गठनबीच विवाद हुँदा ११ वटा आङ्गिक क्याम्पसमा निर्वाचन प्रक्रिया नै अगाडि बढ्न नसकेको त्रिविको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले जनाएको छ ।

देशभरि रहेका ६२ वटा आङ्गिक क्याम्पसमध्ये काठमाडौं उपत्यकामा छ र उपत्यका बाहिर पाँच वटा आङ्गिक क्याम्पसमा चुनावी प्रक्रिया अगाडि नबढेको हो ।

काठमाण्डौका नेपाल ल क्याम्पस, शङ्कर देव क्याम्पस, पब्लिक युथ क्याम्पस, सरस्वती बहुमुखी क्याम्पस, विश्वभाषा क्याम्पस र थापाथली इञ्जिनियरिङ क्याम्पस र काठमाडौं बाहिर महेन्द्रनगरको सिद्धनाथ बहुमुखी क्याम्पस, बुटवल बहुमुखी क्याम्पस, भैरहवा बहुमुखी क्याम्पस, विराटनगर महेन्द्र मोरङ क्याम्पस र जनकपुरको रामस्वरुप रामसागर बहुमुखी क्याम्पसमा प्रक्रिया रोकिएको निर्देशनालयले जनाएको छ ।

चुनावी प्रक्रिया अगाडि नबढेका क्याम्पसमा पनि आपसी समझदारीमा चुनाव गर्न त्रिविले निर्देशन दिएको छ । आउँदो ५ गते हुने स्ववियु चुनावको प्रचारप्रसारका लागि आज राति १२ बजेसम्मका लागि समय तोकिएको छ ।

prabhu mahalaxmi
kumari bank
kumari