citizens life insurance long ad
stcnepal long ad

नेपाल बीमा प्राधिकरणका तत्कालिन अध्यक्ष सिलवाललाई सफाई

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । बिशेष अदालतले भ्रष्टाचार मुद्दामा नेपाल बीमा प्राधिकरणका तत्कालिन अध्यक्ष सुर्य सिलवाललाई सफाई दिएको छ ।

आज बसेको विशेष अदालतको ईजलासले सफाई दिईको हो । सिलवाललाई भ्रष्टाचार नियन्त्रण सम्बन्धी संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंसिर २४ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो । मुद्धा दायरपछि प्राधिकरणको अध्यक्षबाट सिलवाल निलम्वनमा परेका थिए ।

अध्यक्ष सिलवाल उमेरहद सम्बन्धमा नक्कली विवरण पेश गरी नागरिकता लिएर आफनो उमेर ढाँटेर २०८० साल साउन १४ गते नै अनिवार्य अवकासमा जानुपर्नेमा नगई ढाँटेर जबरजस्ती जागिर खाइ भ्रष्टाचार गरेको भन्दै अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो ।

शिलवालले सफाई पाएपनि अब उनी बीमा प्राधिकरण फर्कन पाउने छैनन् । प्राधिकरणमा शरद ओझालाई अध्यक्षको जिम्मेवारी दिइसकेको छ।

IME Life
kumari