stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

सिटिजन लाईफ इन्स्योरेन्सको एमडीआरटी सम्मान कार्यक्रम सम्पन्न

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको ‘सिटिजन लाइफ एमडीआरटी २०२५’ कार्यक्रम चितवनमा भव्य रुपमा सम्पन्न भएको छ ।

सन् २०२५ को एमडीआरटी तथा सीओटी लक्ष्य प्राप्त गर्न सफल भएका अभिकर्ताहरुको सम्मानको लागि आयोजित उक्त कार्यक्रम चितवनको सिराइचुली होटलमा उत्साहजनक रुपले सम्पन्न भएको हो ।

कार्यक्रममा एमडीआरटी तथा सीओटी लक्ष्य प्राप्त गर्न सफल अभिकर्ताहरुलाई कम्पनीले बाजागाजा तथा फुल बर्साएर उत्साहजनक तरिकाले सम्मान गरेको छ ।

कम्पनीका देशभरी सञ्चालन रहेका शाखा कार्यालयबाट उत्कृष्ठ व्यवसाय गरी एमडीआरटी बनेका अभिकर्ताहरुलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल तथा उच्च पदस्थ कर्मचारीहरुले प्रमाणपत्र तथा मायाको चिनो दिदै सम्मान गरेको कम्पनीले जानकारी दिएको छ ।

एमडीआरटी सम्मान कार्यक्रमलाई सम्बोधन गर्दैै कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले अभिकर्ताहरुको मनोबल बढाउँनुका साथै उनीहरुलाई देशका दुर–दराजमा रहेका आम नागरिकहरुको बीमा गरी उनीहरुको जोखिम रक्षावरण गर्न महत्वपूर्ण भुमिका निर्वाह गर्न समेत आग्रह गरेका थिए ।

कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल, नायब प्रमुख कार्यकारी अधिकृत दिप बहादुर बि।सी, प्रमुख बजार अधिकृत भुषण रिमाल लगायत उच्च पदस्थ कर्मचारी तथा अभिकर्र्ताहरुको बाक्लो उपस्थिती रहेको थियो ।

सम्मान तथा कम्पनीले देखाएको इज्जत, माया र सद्भावले आफुहरुलाई आउँदो दिनमा अझै प्राथमिकताको साथ बीमा व्यवसाय गर्न उत्साह मिलेको अभिकर्ताहरुले प्रतिक्रिया दिएका छन् ।

prabhu mahalaxmi
kumari