stcnepal long ad
ime life insurance
global ime bank long

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स को बोनसदर सार्वजनिक

अधिकतम ७० रुपैयाँसम्म बोनस दिइने

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको बीमाङ्कीय मूल्याङ्कनको आधारमा बीमितहरूलाई प्रदान गर्ने बोनसदर सार्वजनिक गरेको छ।

सार्वजनिक बोनसदर अनुसार बीमितले न्यूनतम १९ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म प्रतिहजारका दरले बोनस पाउनेछन्।

कम्पनीले सावधिक जीवन बीमा योजना (रेगुलर) बीमा योजनामा बीमा अवधिअनुसार न्यूनतम ३५ रुपैयाँदेखि ७० रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ भने एकलतर्फ ३५ रुपैयाँदेखि ६५ रुपैयाँसम्म बोनस दिने भएको छ।

कम्पनीले त्रिपल सावधिक बीमामा बीमितलाई न्यूनतम २० रुपैयाँदेखि अधिकतम ३० रुपैयाँसम्म बोनस दिने भएको छ। यता दम्पति सावधिक बीमा योजनामा पनि न्यूनतम २० रुपैयाँदेखि अधिकतम ३० रुपैयाँ बोनसदर तोकेको छ।

त्यसैगरी कम्पनीले सावधिक तथा आजीवन बीमा योजनामा न्यूनतम ३५ रुपैयाँदेखि अधितम ७० रुपैयाँसम्म बोनस दिने भएको छ। अग्रिम भुक्तानी योजनामा बीमितले ३२ रुपैयाँदेखि ४२ रुपैयाँसम्म बोनस पाउने भएका छन्।

कम्पनीले तोकेको बोनसदर अनुसार बीमितले वार्षिक अग्रिम भुक्तानी योजनामा न्यूनतम १९ रुपैयाँ र अधिकतम २१ रुपैयाँ रहेको छ भने मुद्दति सुरक्षण बीमा योजना–नियमित शुल्कका सम्पूर्ण बीमा अवधिमा समान २४ रुपैयाँ र एकल शुल्कका सम्पुर्ण बीमा अवधिमा समान ५४ रुपैयाँ बोनसदर पाउने भएका छन्।

त्यस्तै १५ वर्षे अग्रिम भुक्तानी योजनाका सबै बीमा अवधिमा ४१ रुपैयाँ, २० वर्षे अग्रिम भुक्तानी योजनामा ४५ रुपैयाँ, रुपान्तरित वार्षिक अग्रिम भुक्तानी योजनामा ३० रुपैयाँ र सामूहिक सावधिक बीमा योजनामा १९ रुपैयाँ प्रतिहजारका दरले बोनसदर तोकिएको छ।

कम्पनीले सावधिक तथा आजीवन बीमा योजनामा बीमालेख अवधिअनुसार न्यूनतम ३० रुपैयाँदेखि अधिकतम ६० रुपैयाँसम्म र सावधिक बीमा योजनामा न्यूनतम ३० रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनसदर कायम गरेको छ।

त्यस्तै सीमित भुक्तानी सावधिक बीमा योजनामा न्यूनतम ४० रुपैयाँदेखि अधिकतम ६५ रुपैयाँसम्म बोनसदर तोकिएको छ भने बाल सावधिक बीमा योजनामा बीमालेख अवधि अनुसार न्यूनतम १९ रुपैयाँदेखि अधिकतम ३४ रुपैयाँसम्म बोनसदर निर्धारण गरिएको छ।

कम्पनीले यी बोनसदर मृत्यु दाबी, समर्पण दाबी, चुक्ता मूल्य दाबी, अवधि भुक्तानी दाबी र चालू बीमलेखहरू लागू हुने बताएको छ। साथै अर्को बीमाङ्कीय मूल्याङक्न अनुसार नेपाल बीमा प्राधिकरणबाट अर्को व्यवस्था गर्न स्वीकृत नभएसम्म यही बोनसदर लागू हुने स्पष्ट पारेको छ।

prabhu mahalaxmi
kumari