stcnepal long ad
global ime bank long

हिमालयन एभरेष्ट इन्स्योरेन्सको फागुन २७ गते वार्षिक साधारण सभा

सेयरधनीलाई  ८.७५ प्रतिशत नगद लाभांश

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले फागुन २७ गते वार्षिक साधारण सभा बोलाएको छ । साधारण सभामा गत वर्षको नाफाबाट ८.७५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पेश हुनेछ ।

साधारण सभामा आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ ।

साथै, आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन १५ गते बुक क्लोज गर्ने भएको छ । फागुन १४ गतेसम्म सेयर किन्ने लगानीकर्ताले कम्पनीले प्रस्ताव गरेको लाभांश र साधारण सभामा भाग लिन पाउनेछन् ।
साधारण सभा अनमोल ब्यांकेट शंखमुल काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

IME Lifesidebar
kumari